अर्थतन्त्र

शेयर बजार : गिरावट नेप्सेमा ७ अर्ब ११ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको कारोबारको पहिले दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २१.०३ अंकले घटेर दुई हजार ८८ दशमलब ७ विन्दुमा बन्द भएको हो ।                          

त्यस्तै, आज ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ९ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, ज्योती विकास बैंक बोण्ड २०८७, नेपाल रिपब्लिक मिडिया कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख बराबरको कारोबार भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत