गाउँ सहर

प्रधानमन्त्रीलाई प्रश्न साेधेर जवाफ नसुनि हिँडे बालेन, अनि रिसाए प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । कार्यक्रम थियाे ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवस । प्रमुख अतिथि थिए -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

अतिथिकाे रूपमा पुगेका थिए महानगरपालिकाका प्रमुख बालेन्द्र शाह । दुवै एउटै मञ्चमा थिए ।

मेयर शाहले उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै शुभकामना मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।

बालेनले भनेका थिए, ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ 

शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडे । 

तर प्रधानमन्त्रीकाे सम्बाेधनसम्म कुरेनन् ।

त्यसपछि कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले बालेनप्रति गुनासाे गरे-अरुका कुरा पनि सुन्ने बानी गर्नुस् ।

प्रधानमन्त्री दाहालले शाहले आफ्ना कुरा सन्दै नसुनी हिँडेको भन्दै गुनासो गरेका हु्न् ।

‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ’, दाहालले भने, ‘आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए । अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ ।’

 ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

‘तपाईंले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा ? म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ?’, उनले भने, ‘ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ । प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन ?’

गाउँ सहर संवाददाता

तपाईँको मत