अर्थतन्त्र

शेयर बजारमा करेक्सन

काठमाडौँ । आइतबारको उछालपछि सोमबार केही गिरेको शेयर बजारले मंगलबार पुनः गति लिएकाे छ । मंगलबारको शेयर बजार सकारात्मक सर्किट लगाउने विन्दुमा भने पुग्न सकेन ।  बजार ३६.८६ अंकले बढ्दा १९८५.४४ विन्दुमा पुगेको कारोबार बन्द भयो ।

कारोबार रकम ४ अर्ब माथि पुग्यो । मंगलबार ४ अर्ब ३० करोड रूपैयाँ बराबरको १ करोड २४ लाख ६३ हजार कित्ता शेयर कारोबार भएकाे छ । मंगलबार कारोबारमा आएका सबै उप-समूहको सूचक सकारात्मक देखिएकाे छ ।

होटल उप-समूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढ्यो । फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उप-समूहको सूचक पनि ३ प्रतिशतभन्दा माथि नै बढेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत