कारोबार रकम घटेकाे नेप्से झिनाे अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- २० मङ्सिर बुधबार, २०८० | १६:०१:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकको सुधार भएर बन्द भएको छ । आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलब ४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस