राजनीति
एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ गतेबाट गर्ने निर्णय
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर मंगलबार, २०८० | १६:२०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।
यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्याएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस