अर्थतन्त्र

साताको तेस्रो कारोबार दिन मंगलवार बजार १० दशलमव १० अंक घटेर बन्द

काठमाडौँ । साताको तेस्रो नेप्से कारोबार दिन मंगलवार बजार १० दशलमव १० अंक घटेर बन्द भएको छ । परिसूचक १ हजार ८३७ दशमलव ७१ विन्दुमा झरेको हो ।

मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६० प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत घटेको छ । २९२ धितोपत्रको  ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर ३८ हजार ५८४ पटकमा रू. १ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएको छ ।  कारोबारमा रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ । सोमवार रू. १ अर्ब १९ करोड बराबरको शेयर कारोबार भएको थियो ।

कारोबारमा आएका धितोपत्रमध्ये सिंगटी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको छ । त्यस्तै दोस्रोमा  सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्रको मूल्य ७ दशमलव ३६ प्रतिशत बढेर रू. ९९९ पुगेको छ ।

मंगलवार सबैभन्दा बढी बिशाल बजार कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशत घटेसँगै धेरै गुमाएक हुन । शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४१०  दशमलव ६० मा झरेको छ । त्यस्तै दोस्रोमा माउण्टेन इनर्जीको शेयर मूल्य ८ दशमलव ९४ प्रतिशत घटेर रू. ४३४ दशमलव ९० कायम भएको हो । सर्वाधिक शेयर खरीदविक्री पनि यहि कम्पनीको भएको छ । यस कम्पनीको रू. ३६ करोड २९ लाख बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको रू. ६ करोड १८ लाख बराबरको भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत घटेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत