बिकेनन् दशैँका च्याङ्ग्रा, खाद्यले लिलामी गर्दै
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर शुक्रबार, २०८० | ०९:३०:०० मा प्रकाशित

काठमाडौं । दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो।
स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्युनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्र खरिद गरी पुस १ गते दिउँसो १२ बजेभित्र पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
पेश भएका दरभाउ पत्र पुस १ गते दिउँसो २ बजेपछि खोलिने जनाइएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभएपछि लिलामी बिक्री गर्न लागेको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस