स्थानीय र समाजले गरे दुःखमा धान काटेर गरे सहयोग
- गाउँ सहर संवाददाता
- २ मङ्सिर शनिबार, २०८० | २०:४६:०० मा प्रकाशित
लेखनाथ । मानवीय पीडामा परेर दु:खमा रहेका समयमा खेतमा पहेलपुर भएर पाकेको धान थन्क्याउनका लागि पाेखरा, २६ का स्थानीयहरुले सहयोग गरी उदाहरणीय काम गरेका छन् ।
पर्वतको जलजला गाविस वडा नं ५ स्थायी ठेगाना भएका दीपक सुवेदीका बुबा धर्मदत्त सुवेदीको निधन भएपछि सुवेदीको दु:खमा उनीहरूले सहयोग गरेका हुन् । सुवेदीले पोखरा २६ को विजयपुरमा भाडामा लिएर कृषि फर्म संचालन गर्दै आएको १३ रोपनी जग्गाको धान पाकेर रुमलिन थालेपछि मल्लाज कालान्जर सेवा समाजको सक्रियतामा धान काट्ने काम गरिएको हो ।
सुवेदीका बुबा धर्मदत्तको गत कार्तिक २७ गते निधन भएपछि उनी किरियामा बस्नुपर्ने भएपछि पाकेको धान थन्क्याउनका लागि समाजका कोषाध्यक्ष खेमनाथ शर्माको अग्रसरतामा समाजका २९ र स्थानीय गरी करीव ४० जनाको जनश्रमदानमा धान काटेर सहयोग गरिएको हो ।
सुवेदी परिवार काज किरियाबाट उम्कदासम्ममा खेतमा लगाएको जेठोबुढो धान पाकेर झर्ने देखिएपछि पर्वतको जलजलाबाट पोखराको बिभिन्न ठाउँमा रहेका ब्यक्तिहरुको सहभागीतामा धान काट्ने काम भएको हो भने अव बाँकी रहेको काम पनि समाजकै अग्रसरतामा गरिने समाजका अध्यक्ष नारायण प्रसाद सुवेदीेले जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस