कुकुर तिहार : थाहा पाउनुस् कुकुर सम्बन्धी यस्ता केही रोचक जानकारी
- गाउँ सहर डेस्क
- २६ कार्तिक आइतबार, २०८० | ११:१९:०० मा प्रकाशित

काठमाडौं । मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । प्राणी शास्त्री तथ मानोवैज्ञानिक जोन ब्रेड्सले मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गरेर विभिन्न निष्कर्ष निकालेका छन् ।
‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेड्सले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः
ब्वाँसोको टाढाको वंशज
कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ । ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ ।
जात फरक भएर पनि समानता
कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् । तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । जस्तो कि, उनका पुर्खा ब्वाँसोको थियो ।
कुकुरको सुँघ्ने क्षमता किन तेज हुन्छ ?
कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ । यो कुकुरको नाक र मुखको माथिल्लो भागमा हुने गर्छ । वैज्ञानिकले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् कि यो अंग किन हुन्छ ? तर बिरालो र अन्य जनावरमाथिको अध्ययनले के बताउँछ भने सायद यो क्षमता कुकुरसँग यसकारण हुन्छ कि, अरु कुकुरले छोडेको संकेतलाई पहिचान गर्न सकून् ।
कुकुरले देख्छ कस्तो ?
कहिलेकाहीँ तपाईलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छ ? कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।
कुकुर मुस्कुराउँछ
कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेड्सका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ ।
कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।
कुकुरलाई कुनै पछुतो हुँदैन
कुकुरलाई यो कुराको फिलिङ्स हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ । कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तर विज्ञानका अनुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङ्स हुँदैन ।
अपरोध बोध खासमा एउटा भावना हुन्छ, जुन कुकुरले सम्झिन सक्दैन । ऊ गिल्टी फिलमा हुनुको कारण चाहिँ आफूलाई सजाय मिल्छ कि भन्ने भयले गर्दा त्यस्तो हाउभाउ बनाउँछ । सहारा चाहिएको हुन्छ
मान्छेसँग भावनात्मक सम्बन्ध
निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महशुस गर्न सक्छन् । अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने गर्छन् ।
धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ । एमरी युनिभर्सिटीका प्रोफेसर प्रेगरी बर्न्सले कुकुरलाई एमआरआईका दौरान स्थिर खडा हुनका लागि तालीम दिए ।
यो बुझ्नका लागि कि, मालिकलाई देख्दा कुकुरले दिमागमा कस्तो प्रतिक्रिया देखाउँछ । त्यतिबेला बुझियो, कुकुरले मान्छेको बोडी ल्याङ्ग्वेज चिम्पान्जीले भन्दा बढी बुझिरहेको हुन्छ ।
भित्रबाट चाहिँ जङ्गली
यदि कोही कुकुर आफ्नो जीवनको शुरुवाती तीन महिनामा कोही मान्छेसँग सम्पर्कमा रहेन भने ऊ जंगली बन्न सक्छ । यसको उदाहरण अस्ट्रेलियन डिंगो नामको कुकुर हो । जो करीब ४ हजार वर्षसम्म पनि पाल्तु थिए । पछि ती कुकुरलाई एक द्वीपमा लगेर छोडियो । पछि ती जंगली बने ।
एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस