आइएमई ग्रुपले भूकम्प प्रभावितलाइ एक करोड पचास लाख सहयोग रकम प्रदान गर्ने
- गाउँ सहर संवाददाता
- १९ कार्तिक आइतबार, २०८० | २०:१५:०० मा प्रकाशित

काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने भएका छन् ।
जाजरकोट,रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने उसले बताएकाे छ ।
शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस