मकवानपुरे समाजद्वारा दशैं तिहार लगायत शुभकामना आदान-प्रदान तथा जलपान कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- १९ कार्तिक आइतबार, २०८० | १९:४२:०० मा प्रकाशित

काठमाडाैँ । मकवानपुरे समाज काठमाण्डूको आयोजना तथा मिडिया पर्टनरका रुपमा दामन पोष्टको संयोजनमा दशैं तिहार लगायत विभिन्न चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
जमल सेतोढोका स्थित साकुरा बिजनेश हाउसमा आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष अरुण गुरुङ्गको सभापतित्वका साथै राष्ट्रीय सभाका पूर्व सदस्य एवं समाजका प्रमुख सल्लाहकार वरिष्ठ अधिवक्ता रामनारायण बिडारीको प्रमुख आतिथ्यता एवं बिशेष अतिथि समाजसेवी राजनितिज्ञ तथा समाजका सल्लाहकार बिद्युत बज्राचार्य, नेपाल पर्यटन बोर्डका डाईरेक्टर मणिराम लामीछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकारिता विषयका लेक्चरर तथा दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी लगायत कार्यक्रमका संयोजक एवं समाजका उपाध्यक्ष केशव अधिकारीको समुपस्थितिमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि द्वारा गमलामा पानी राखेर उद्घाटन गरिएको उक्त कार्यक्रममा राष्ट्रीय गान प्रस्तुत गरिनुका साथै जाजरकोट र पश्चिम रुकुममा बिनाशकारी भूकम्पमा परि ज्यान गुमाएका हरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा समाजका विशिष्ठ अतिथी समाजसेवी राजनितिज्ञ तथा समाजका सल्लाहकार बिद्युत बज्राचार्यले शुभकामना मन्तव्य राख्दै वर्तमान राजनैतिक ब्यवस्था सहि भएतापनि यसका नेतृत्वकर्ताहरु जांड खाएको ड्राईभर जस्ता देखिएकोले देश दुर्घटनामा जान सक्ने तर्फ ईङ्गित गर्दै सच्चिने तर्फ सचेत रहनका लागि शुभकामना व्यक्त गरेका छन् । यसैक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दामन पोष्टका सम्पादक शान्तराम बिडारीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा हेटौंडा-५ स्थायी ठेगाना भई हाल कंलंकी निवासी भाटिका डेण्टल केयर प्रा ली का संचालिका एवं मिस एण्ड मिसेस युनिभर्सल २०२३ नेपालका बिजेता सुष्मा सुवेदी लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले जिल्लालाई समृद्ध बनाउनका लागि प्रविधिमैत्री हुन आग्रह गर्दै जनता जगाउने महान कर्ममा होमिएको समाजले विशेष भूमिका खेल्नुपर्ने कुरामा जोड दिंदै मकवानपुर जिल्लाको समग्र संरचना तराई एवं पहाडको सुन्दर संयोजन रहेकोले यहाँको धार्मिक सांस्कृतिक र पर्यटकीय स्रोतको संरक्षण गरिनुपर्ने जिकिर गर्दै जनताको मस्तिष्कमा अग्रगामी कदम,समानता न्याय र बिभेदरहित समाजको निर्माण गर्नमा मकवानपुरे समाजलाई सफलता मिलोस् भनि शुभकामना दिएका छन् ।
बिधान रिजालद्वारा आकर्षक रुपमा संचालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका मकवानपुरेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस