खेल

एसियाली खेलकुदको महिला भलिबलमा नेपालकाे जीत

काठमाडाैं । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।

आज बिहान भएको खेलमा नेपालले मङ्गाेलियालाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।

निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाली खेलकुदको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत