नेपाल दुई ढुंगा बिचको तरुल हाेइन दुई ठूला अर्थतन्त्र बिचको पुल हुनुपर्छ : किरण
- गाउँ सहर संवाददाता
- १६ असोज मंगलबार, २०८० | २०:४४:०० मा प्रकाशित
काठमाडौं । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित 'नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य' विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताएका छन् ।
नेपालले रास्ट्रीय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनःस्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ ।
हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन्, आर्थिक रूपमा सम्पन्न हुँदैछन् - उनीहरुलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट नीति अगाडि सार्नुपर्ने किरणले बताए ।
राजाहरुले नेपाललाई बर्बाद बनाउने लक्ष्य सहित गिद्धे नजर राख्ने शक्तिलाई परास्त गरेको पनि किरणले बताए ।
उनलेे भनेका छन् `विश्व बहु ध्रुवमा गइरहेको छ , नेपालले पनि आफ्नै ध्रुव निर्माण गर्न सक्नुपर्छ, कसैसँग जोडिएर होईन आफ्नै शक्ति निर्माण गरेर देखाउनुपर्छ´ ।
किरणले नेपालको परराष्ट नीतिमा चार प्रमुख समस्या समेत औल्याएका छन् । उनले रास्ट्रीय एकता कायम गर्न नसक्नु, नेपालको हिन्दुत्व सहितको पृथक पहिचान स्थापित नहुनु, वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट नीतिमा संकट आएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
प्रतिकृया दिनुहोस