दुई महिनामा नौ अर्बको खाद्यान्न आयात, दुई अर्ब छयहत्तर करोडको चामल
- गाउँ सहर संवाददाता
- १४ असोज आइतबार, २०८० | ०८:२०:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुई महिनामा सबैभन्दा धेरै दुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपियाँ बराबरको दुई लाख ५३ लाख हजार ३२२ क्विन्टल चामल आयात भएको छ ।
एक अर्ब ६४ करोड ५८ लाख १९ हजार रुपियाँ बराबरको चार लाख ६२ हजार ५८४ क्विन्टल मकै आयात भएको तथ्याङ्क छ । यस्तै दुई अर्ब ९० करोड ७९ लाख ३६ हजार रुपियाँ बराबरको सात लाख ८९ हजार ८३९ क्विन्टल धान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ करोड ६५ लाख तीन हजार रुपियाँ बराबरको एक लाख २६ हजार ८२२ क्विन्टल गहुँ आयात भएको छ । यस्तै २७ लाख ५० हजार रुपियाँको जौ, १५ करोड १३ लाख ८१ हजार रुपियाँको कोदो आयात भएको छ ।
खाद्यान्नको आयात बढे पनि अन्य वस्तुको आयात भने घटेको छ । दुई महिनाको अवधिमा कच्चा भटमास तेलको आयातमा ६७.४ प्रतिशतले कमी आई दुई अर्ब ९६ करोडमा झरेको छ । यस्तै औषधीको आयातमा ३३.९७ प्रतिशतले ह्रास आई छ अर्ब ७१ करोड रुपियाँमा झरेको छ । कच्चा पाम तेलको आयातमा ६५ प्रतिशतले ह्रास आई दुई अर्ब ३१ करोड रुपियाँ सीमित भएको तथ्याङ्क छ । सुनको आयातमा १६.१२ प्रतिशतले ह्रास आई चार अर्ब ५६ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस