अर्थतन्त्र

दीपशिखा महिला सहकारीको दशौं साधारण सभा

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ लाई कार्यक्षेत्र बनाएर महिलाहरु मात्र सेयर सदस्य रहेको दीपशिखा महिला कृषि सहकारी संस्थाको १० औं साधारण सभा बिहीवार सम्पन्न भएको छ ।

महिलाहरुलाई आय आर्जनमा जोड्नु पर्छ भन्ने मान्यताका साथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा चार सय ४० सेयर सदस्यहरु मार्फत दुई करोड तीन लाख २५ हजार सेयर पुँजी बनाउन सफल भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले महिलाहरुलाई सामाजिक क्षेत्रमा अग्रसर बनाउनका लागि नेतृत्व दिनु पर्छ भन्ने मान्यताले गठन भएको सहकारीले कृषि क्षेत्रमा लगानी वढाउदै महिलाहरुको आय आर्जन बढाउने काममा सहयोग पु¥याउदै आएको धारणा राखेका थिए ।

सोही अवसरमा लेखनाथ सामुदायिक कृषि सहकारी सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङले आर्थिक अनुशासनको माध्यमबाट सहकारीले आम सेयर सदस्यको मन जित्ने गरी सुरक्षीत ऋण प्रवाह गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।

कर्यक्रममा सस्थाका सल्लाहकार माधव भण्डारी, शान्ति पौडेल,वडा नं २९ का वडासदस्य निर्मला पौडेल,सस्थाकी निवर्तमान अध्यक्ष गोमा कुमारी आचार्य,सेयर सदस्य मनु सुनार र सरस्वती आचार्य लगायतले सहकारीले आम सर्वसाधारणका माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सस्थाकी अध्यक्ष शिव कुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कल्पना गुरुङ र स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी आचार्यले गरेकी थिईन ।

गाउँ सहर संवाददाता

तपाईँको मत