गाउँ सहर

दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

चरिकोट । दोलखाको सिंगटी बजारबाट प्रहरीले ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुनसहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत