गाउँ सहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९:०६ बजे अवतरण गरेसँगै पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको हो

जहाज बुधबार बिहान ९:३० बजे पोखरा विमानस्थल अवतरण बताइएको थियो । तोकिएको समयभन्दा २४ मिनेट अगाडि नै विमान पोखरा अवतरण गरेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आएको थियो । जहाँ १ सय ३० जना यात्रु रहका छन् । 

चीनबाट उडेको एयरलायन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

चीन भ्रमणमा सहभागी सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार पोखरा अवतरण गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।

अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

गाउँ सहर संवाददाता

तपाईँको मत