सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने एमालेको चेतावनी
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | १७:४५:०० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेकाे बैठक अनिश्चित भएको छ ।
केपी ओली प्रधानमन्त्री भएका बेला पशुपतिमा भष्टाचार गरेको माओवादीका लेखनाथ दाहालको आरोप
प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको कुरालाई लिएर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् । एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो । एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सुवास चन्द्र नेम्वाङ्गलाई बोल्न समय दिए ।
पशुपतिनाथ भ्रष्टाचारको अभिव्यक्तिप्रति सरकारले माफी माग्नुपर्ने : सुवास चन्द्र नेम्वाङ्ग
त्यसपछि नेम्वाङ्गले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस