सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने एमालेको चेतावनी
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | १७:४५:०० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेकाे बैठक अनिश्चित भएको छ ।
केपी ओली प्रधानमन्त्री भएका बेला पशुपतिमा भष्टाचार गरेको माओवादीका लेखनाथ दाहालको आरोप
प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको कुरालाई लिएर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् । एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो । एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सुवास चन्द्र नेम्वाङ्गलाई बोल्न समय दिए ।
पशुपतिनाथ भ्रष्टाचारको अभिव्यक्तिप्रति सरकारले माफी माग्नुपर्ने : सुवास चन्द्र नेम्वाङ्ग
त्यसपछि नेम्वाङ्गले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस