काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल भने जारी रहने छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस