जिप दुर्घटना : चार जनाको मृत्यु आठ घाइते
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | ११:०७:०० मा प्रकाशित
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएकf छन् ।सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज१७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ ।
दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै केहीको मृत्यु भएको बताइएता पनि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेकोले मृतक घोषणा हुन बाँकी रहेको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस