किन घटेन काठमाडौं उपत्यकामा चल्ने यातायातको भाडादर ?
- गाउँ सहर संवाददाता
- १० जेठ बुधबार, २०८० | १३:४०:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले भाडादर घटाएपनि काठमाडौं उपत्यकामै चल्ने यातायातमा भने भाडादर घटेको छैन । डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको छ ।
प्रदेश सरकारले अहिलेसम्म नयाँ भाडादर कायम गरेको छैन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपियाँबाट १५५ रुपियाँमा झरेको छ । मूल्य घटेसँगै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्र सञ्चालन हुने यातायातको नयाँ भाडादरको खाका तयार भइसकेर कानुन मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट राजपत्रमा प्रकाशित भएलगत्तै लागू हुने जनाएको छ ।
भाडादर समायोजन गर्दा सधैँ बढी तिर्नु पर्ने भन्दै नागरिकस्तरबाट गुनासो आएको र १७ रुपियाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपियाँ लिने गरेका थिए । यस्तै २८ रुपियाँ कायम रहेको ठाउँमा ३० रुपियाँ तिर्नुपरेको थियो । सहचालकले चानचुन रकम नभएको भन्दै बढी रकम लिँदा यात्रुहरू ठगिने गरेका थिए ।
अहिले नयाँ भाडादर तय गर्दा पहिलेको भाडादरमा यात्रुहरू ठगिएको भन्ने गुनासो नआओस् भनेर यातायात व्यवस्था विभागले घटाएको भाडादरलाई आधार बनाएर नयाँ भाडादर कायम गर्न लागेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस