ॐ चाबहिल डेन्टलद्वारा मन्थलीमा नि:शुल्क तीनदिने दन्त शिविर शुरू
- गाउँ सहर संवाददाता
- ९ जेठ मंगलबार, २०८० | १३:०५:०० मा प्रकाशित
.jpeg)
रामेछाप । ॐ चाबहिल डेन्टल हस्पिटलले रामेछापकाे मन्थली नगरपालिकामा तीन दिने नि:शुल्क दन्त तथा जनरल स्वास्थ्य शिविर शुरू भएकाे छ ।
मन्थली नगरपालिका, जर्मन नेपाल सहयाेग संघ, विकासका लागि एकता, धुलिखेल अस्पताल र रामेछाप तिलगंगा आँखा अस्पतालकाे संयुक्त आयाेजनामा मंगलबार (आज) बाट शुरू भएकाे शिविर बिहीबारसम्म चल्नेछ ।
मंगलबार (आज) मन्थली नगरपालिकास्थित मन्थली अस्पतालमा नि:शुल्क दन्त तथा जनरल स्वास्थ्य शिविर शुरू भएकाे छ भने बुधबार (१० गते) कालिदेवी मा.वि. फुलासी टाेखरीमा र अन्तिम दिन बिहीबार (११ गते) सालु स्वास्थ्य चाैकी मन्थलीमा नि:शुल्क शिविर सञ्चालन हुनेछ । शिविर विहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
पहिलाे दिन मंगलबार शिविर शुरू भएकाे केही घण्टामै २ सय भन्दा बढिले सेवा लिइसकेकाे र साँझसम्म ७ सयभन्दा बढिले सेवा लिने अनुमान गरिएकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
शिविरमा सामान्य स्वास्थ्य परिक्षणदेखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, स्वास्थ्य परामर्श पनि पनि दिइने 'बिकासका लागि एकता' का निर्देशक एकराज सापकोटाले बताए ।
विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्म पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिनसक्ने डेण्टलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
'निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका छन् । विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका हुन्' घिमिरेले भने ।
त्यसाे त विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तह तथा विभिन्न संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको अध्यक्ष घिमिरेले बताए ।
खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको ॐ चाबहिल डेन्टल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानीय निकायसँग मिलेर सेवा प्रदान गर्दै आएको बताए ।
ॐ चाबहिल डेन्टल अस्पतालले चाबहिल र काेटेश्वर चाेकबाट दाँतका बिरामीहरूलाडेण्टलका उपचार र परामर्श सेवा दिँदै आएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
प्रतिकृया दिनुहोस