गाउँ सहर

सर्वोच्चको निर्णयको विरोधमा नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत  पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्द ल्याउने घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरे । 

पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने त्यसपछि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने घोषणा गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत