राप्रपा केन्द्रीय कार्य समितिको बैठकमा १८ बुँदे राजनीतिक दस्ताबेज
- गाउँ सहर संवाददाता
- १ जेठ सोमबार, २०८० | १५:५५:०० मा प्रकाशित

काठमाडौं । राप्रपा केन्द्रीय कार्य समितिको तीन दिने बैठक आज जेठ १ गते आरम्भ भएको छ । धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले १८ बुँदे राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
आफ्नो प्रतिवेदनमा अध्यक्ष लिङ्देनले प्रमुख दलका कारण मुलुक गम्भीर संकटमा फसेको जिकिर गरेका र वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीका रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण वैदेशिक सम्बन्ध पूर्णरूपमा खलबलिन पुगेको छ ।
मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनु पर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । ‘प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख छ’, प्रतिवेदनमा भनिएको छ, ‘
कमजोर अर्थतन्त्र, बढ्दो युवा वेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नभएको लिङ्देनको दाबी छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस