पूर्वपदाधिकारीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणकाे निलम्बनबारे निर्णय हुनसक्ने
- गाउँ सहर संवाददाता
- २८ बैशाख बिहीबार, २०८० | ०७:४१:०० मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दै छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो ।
बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ ।
बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापा र शर्माको तर्क थियो ।
आजकाे बैठकले खाणको निलम्बनबारे निर्णय गर्नसक्ने बताइएको छ।
यता, नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस