कांग्रेस नेताहरूकाे धन्यबाद दिएपछि हाैसिएका गृहमन्त्रीले भने-सरकार दृढतापूर्वक अगाडि बढ्छ
- गाउँ सहर संवाददाता
- २७ बैशाख बुधबार, २०८० | १६:०९:०० मा प्रकाशित

काठमाडौं । कांग्रेसका युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान विना दबाब अघि बढाउन आग्रह गरेका छन् ।
कांग्रेसका नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतको नेता, कार्यकर्ताको टीमले गृहमन्त्री श्रेष्ठलाई भेटेर समर्थन जनाएका हुन् । संस्थापन इतरका कांग्रेसका नेताहरूले गृहमन्त्रीलाई भेटेरै दिए धन्यवाद दिँदै भ्रष्टाचारको जरोकिलो उखेल्न आग्रह गरेका हुन् ।
कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।
कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्न आग्रह गरेका नेता रञ्जित कर्णले बताए । कर्णका अनुसार गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका थिए ।
कांग्रेस नेताहरुसँग गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र कमिसनखोरको प्रवृत्ति नतोडेसम्म मुलुक बन्दैन । यो विषयमा सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु ।’
कांग्रेस नेता तथा पूर्वगृहमनत्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।
यस्तै, कांग्रेस सांसद्वय आरजू राणा र मञ्जु खाँणको पनि नाम मुछिएको छ । सांसद राणा कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस