राजस्वमा भरि गिरावट, हालसम्म सरकारको बजेट घाटा २ खर्ब ३६ अर्ब
- गाउँ सहर संवाददाता
- १५ बैशाख शुक्रबार, २०८० | १२:१०:०० मा प्रकाशित

काठमाडौं । सरकारले निर्धारण गरेको राजस्व लक्ष्यको ५० प्रतिशत मात्रै प्राप्ति भएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सरकारले राजस्व लक्ष्यको ५० प्रतिशत मात्रै प्राप्ति गरेको हो । महालेखा नियन्त्रकको कार्यालयका वैशाख १५ गतेसम्म राजस्व खातामा ७ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ प्राप्ति भएको छ।
सरकारले यो वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व उठाउने लक्ष्य राखेको छ। वैशाख १५ गतेसम्म लक्ष्यको ५०.३४ प्रतिशत राजस्व उठेको छ। गत वर्ष ५० प्रतिशतको लक्ष्य प्राप्ति तीन महिनाअघि नै माघ २२ गतेभित्र प्राप्ति भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा माघ मसान्तसम्म प्राप्ति भएको थियो।
लक्ष्य हिसाबले अहिलेसम्मकै न्यून प्राप्ति भएको छ। राजस्वमा आएको उल्लेखनीय गिरावट आएपछि १५ वैशाखसम्म सरकारको बजेट घाटा २ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ८ अर्ब रुपैयाँ बचतमा थियो। सरकारको कुल खर्चमा आन्तरिक र बाह्य ऋणबाहेकको सरकारी आम्दानी घटाउँदा आउने रकम बजेट घटा हो।
शुक्रबारसम्म सरकारले ७ खर्ब ४७ अर्ब आम्दानी गरेको छ। तर ९ खर्ब ४३ अर्ब रुपैयाँ खर्च भएको छ। आम्दानीमा सरकारले कर तथा गैर कर राजस्वबाट ७ खर्ब ६ अर्ब प्राप्ति गर्दा धरौटी तथा अन्य कोषहरूबाट ३६ अर्ब र अनुदानबाट ४ अर्ब ८० करोड रुपैयाँ प्राप्ति गरेको छ।
आम्दानी लक्ष्यको ५१ प्रतिशत हुँदा खर्च ५४ प्रतिशत भएको छ। यस हिसाबले विगतका तुलनामा सरकारी खर्च पनि न्यून भएको छ तर बजेट घाटा अस्वाभाविक बढेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस