मानव संशाधन

नेपाली सेनामा ठूलो संख्यामा जागिर, निवेदन दिने हाेइन ?

काठमाडौँ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । सेनाले सैन्य पदमा ४ हजार ५ सय जनाका लागि जागिर खुलाएको हो ।

जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।

सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ ।

जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०/०१/०८ देखि २०८० जेठ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

दोब्बर दस्तुर तिरेर भने जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत