नौ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा, आयात निर्यात दुबै घट्याे
- गाउँ सहर संवाददाता
- ६ बैशाख बुधबार, २०८० | १८:३३:०० मा प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको नौं महिना अर्थात साउनदेखि चैत्र मसान्तसम्म आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात २६ प्रतिशतले घट्दा आयात १८ प्रतिशतले घटेको देखिएको हो ।
भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको नौं महिनाको अवधिमा निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ । नौं महिनामा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
त्यस्तै, यस अवधिमा आयात पनि १८ दशमलव ०८ प्रतिशतले घटेको छ । नौं महिनामा १२ खर्ब एक अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।
भन्सार विभागका अनुसार नौं महिनामा नेपालको व्यापार घाटा १७.०६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक वर्षका नौं महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार १८.८९ प्रतिशतले घटेको छ । चालू आवको नौं महिनामा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस