प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | ०७:१०:०० मा प्रकाशित
काठमाडौं ।प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्दै छ ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले "संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९" माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्रीले नै "बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९" माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै, नेपाली कांग्रेसबाट वि.स. २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएका गणेशप्रसाद विमलीको यहि चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको डा. गौतमले जानकारी दिए ।
त्यसैगरि राष्ट्रियसभाको १३औँ अधिवेशन बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।
सभामा डा.बेदुराम भुसालले "राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९" सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस