नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- गाउँ सहर संवाददाता
- ३० बैशाख मंगलबार, २०८२ | ०७:०७:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा विदेश जाने नेपालीसँगै देशबाट एक खर्ब ७० अर्ब ३९ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, २०८१ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालबाट विदेश जाने नेपालीले उक्त रकम विदेश लगेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च (भ्रमण व्यय) १९ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा विदेश जाने नेपालीसँगै एक खर्ब ४३ अर्ब २२ करोड रूपैयाँ देशबाट बाहिरिएको थियो ।
अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब १७ करोड रुपैयाँ बढी देशबाट बाहिरिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा विदेश जाने नेपाली विद्यार्थीले मात्र नेपालबाट एक खर्ब तीन अर्ब ८४ करोड रुपैयाँ लगेका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै देशबाट ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको थियो । अर्थात् अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेश जाने विद्यार्थीले देशबाट ७ अर्ब ९९ करोड रुपैयाँ बढी लगेका छन् ।
नेपाल आउने विदेशीले भने चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ६६ अर्ब ५४ करोड रुपैयाँ नेपालमा खर्च (भ्रमण आय) गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पर्यटन आर्य ५ अर्ब ७७ करोड रुपैयाँ बढी भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस