साेमबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माओवादी केन्द्र
- गाउँ सहर संवाददाता
- ११ चैत शनिबार, २०७९ | १८:५१:०० मा प्रकाशित

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पर्सि सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिवार आज दिउँसाे बसेको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो ।
पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गरिने उनले बताए । त्यसैगरी सङ्घीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए ।
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस