साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित
- गाउँ सहर संवाददाता
- ११ चैत शनिबार, २०७९ | १७:५४:०० मा प्रकाशित

काठमाडाैं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लाई लीलाध्वज श्रष्टा सम्मानले सम्मानित गरेको छ । उनी वरिष्ठ साहित्यकार तथा पत्रकार हुन् । लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक हुनाकोसाथै उनले गोरखापत्र दैनिकको प्रधान सम्पादकजस्तो जिम्मेवार पद सम्हालिसकेका छन् । यसस्वी उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक श्रोतमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा शनिवार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले सम्मान प्रदान गरेका हुन् ।
सम्मानित भएका स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ ले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको विचार व्यक्त गर्दै सहरदेखि टाढा दुर्गम स्थानमासमेत साहित्यको चेतना फैँलदै जानुको कारण साहित्यप्रतिको प्रेमले सम्भव भएकाे बताए ।
साहित्यकार कहिले बेइमान हुन नसक्ने भएकाले अमर हुने कुरा इतिहासले प्रमाणित गरेकाे बताए । प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा खुशी लागेको कुरा व्यक्त गर्दै निरन्तरताको कामना गरे ।
'उनको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्रीवृद्धि गरेको छ । साथै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ । लीलाध्वज थापाको नाउँ नै ठुलो हो भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिन चाहन्छु' राेदनले भने ।
आफूले काम गर्दा कहिले सानो ठुलो, कालो गोरो, आफ्नो अर्काको नभनि सबैलाई समान ब्यबहार गरेको उल्लेख गरे ।
कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित भएका साहित्यकार राेदनको बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा डा. गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाले रचना गरेको दुर्लभ कविता 'कालो झण्डा' वाचन गरे । कवि ममता मृदुलले यस प्रतिष्ठानले आजसम्म सम्मान गर्नै पर्ने,ओझेलमा परेका अग्रज स्रष्टालाई खोजिखोजी सम्मान गरेको बताइन् । अध्यक्ष थापाले सम्मानित स्रष्टा लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आएका अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाकोसाथै उनले सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको उल्लेख गरे ।
कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने, विजयध्वज थापा, उत्तम विचार, लव खडका, जयराम विडारी, रूवी सत्याल, कात्यायन, सुशान्त केसी, बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्ण प्रसाद पौडेल, बिनु बाबा घिमिरे, द्वारिका ढुंगाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, नारायण भण्डारी जनकपुरी, वासुदेव ठकुरी, विनोद नेपाल, डा. बमबहादुर जिताली, सुन्दर खड्का, राजन प्रसाद न्यौपाने, प्रेममान डंगोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलले आ-आफ्ना रचना वाचन गरे ।
कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित हुने गरेको धारणा व्यक्त गर्दै हालसम्म पचहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्दै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरे । विश्व कविता दिवसको उपलक्ष्मासमेत आयोजना गरिएको सो विशेष कार्यक्रममा वाचन गरिएका रचनाका उच्च मुल्यांङ्कन गर्दै २९ जना स्रष्टालाई कदर-पत्रले सम्मानित गरिएकाे थियाे । उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस