अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’
- गाउँ सहर संवाददाता
- २ चैत बिहीबार, २०७९ | १७:२०:०० मा प्रकाशित

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरि आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा अटोमोबाइल क्षेत्रकै संभवत सबैभन्दा बढी, ५ वर्षको वारेन्टी घोषणा गरेको छ ।
यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी हो र एक्सटेन्डेड वारेन्टी होइन । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि हो । यो नेपालको एलसीभी अर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो ।
कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ । यो वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर÷रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
नयाँ अफरको वारेमा टिप्पणी गर्दै आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भन्नुभयो, ‘उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो । धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पुयाउने छ । हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा हामी निकै नै खुसी छौ, जसले गर्दा हाम्रा ग्राहकलाई आफ्नो सवारी साधन अझै विश्वसनिय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ ।’
सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । परिष्कृत वारेन्टीले ब्रान्डको गुणस्तर र विश्वसनीयताप्रति प्रतिबद्धताको प्रमाण समेत दर्शाउछ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुनेछ । कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।
साथै, कम्पनीले ग्राहकहरुलाई आफुले चाहेको कमर्सियल गाडीहरु खरिद गर्न सहयोग पुयाउनका लागि सहज फाइनान्स सुविधाको समेत घोषणा गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- सगरमाथा संवादमा १ सय ७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
- प्रतिनिधिसभा बैठककाे यस्ताे कार्यसूची
- दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप ५ दिन म्याद थप
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
प्रतिकृया दिनुहोस