काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो । युएईका आशिफ खानले मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाए, यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर ।
नेपालले आज युएईलाई पराजित गर्न सके जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस