स्ववियु चुनावको प्रचारप्रसार खुला तर रङ्गरोगन र पोस्टर टाँस्न नपाइने
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण मंगलबार, २०७९ | १०:२२:०० मा प्रकाशित
काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार प्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि हिजो अन्तिम नामावली प्रकाशन गरिएको हो ।
अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचार प्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
स्ववियु निर्वाचनको आचारसंहितामा प्रचार प्रसार गर्दा रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । स्ववियु चुनाव अन्तर्गत मतदान चैत ५ गते हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएको प्रकृया सम्बन्धित क्याम्पस प्रमुखलाई विवाद समस्या समाधान गरेर थाल्न पनि निर्देशन दिइएको निर्देशक अधिकारीले बताए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस