मदिराजन्य पदार्थको विज्ञापन तत्काल रोक्न सर्वोच्चको आदेश
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण बुधबार, २०७९ | ०८:३१:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।
सञ्चार माध्यमसँगै राजमार्गका आसपास रहेका विज्ञापन बोर्ड पनि हटाउन आदेशमा भनिएको छ । आदेश कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा संयन्त्र बनाउन र काउन्सिल तथा बोर्डले प्रतिवेदन पेस गर्न भनिएको हो । उक्त प्रतिवेदनलाई पनि पूरक निवेदनसरह मानेर इजलासमा पेस गर्न आदेशमा उल्लेख गरिएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चार माध्यममा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नू नगराउनू गर्न नदिनू ।”
सर्वोच्चको आदेशपछि प्रेस काउन्सिल नेपालले भने विज्ञापन बोर्डलाई पत्राचार गरेको छ । विज्ञापन अनुगमनको जिम्मेवारी बोर्डसमक्ष रहेको भन्दै काउन्सिलले पत्राचार गरेको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आदेश कार्यान्वयनका लागि काउन्सिलका तर्फबाट प्रक्रिया सुरु भइसकेको पनि बताए । उनले भने, “अदालतको आदेश नहुँदा पनि हामीले आचारसंहिताअनुसार यस्ता विज्ञापनबारे ध्यानाकर्षण गराउँदै आएका थियौँ । केही दिनअघि पनि सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका थियौँ । सर्वोच्चको आदेशपछि सबैभन्दा मुख्य सरोकार राख्ने विज्ञापन बोर्डलाई पनि यसबारे ध्यानाकर्षणसहित पत्राचार गरेका छौँ । काउन्सिलका तर्फबाट हुनुपर्ने अनुगमन नियमन जारी नै रहन्छ । आदेशानुसारका काम अघि बढाउँछौँ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस