दिगोविकास

महाशिवरात्रिमा पानी परेकै हुन्छ भन्ने मान्यता यसपटक मिल्ला ? यस्ताे छ मौसम पूर्वानुमान?

काठमाडौं । ‘अघिपछि त्यस्तै हो महाशिवरात्रिमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ । 

यसपटकको के हाेला ? यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्रि अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुमिएको उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार–चढाव संयोग हो या नियमित मौसमी प्रकृया हो, यस प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

आज शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत