सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १४:२०:०० मा प्रकाशित
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तिएको बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अब एउटै निकायले सडकको काम गर्ने तयारी गरिएको बताएका हुन् ।
“अहिले महानगर, काठमाडौं विकास प्राधिकरण तथा अन्य निकायले सडक निर्माण र विकास गर्ने भएकाले समस्या भएको छ । एउटै निकायबाट गर्नेगरी हामी छलफल गरिरहेका छौं,” उनले भने, “काम गर्ने अनेक निकाय भएकाले मन्त्रालयले गरेको प्रगति देखिएन । अन्य निकायले बाटो नबनाउदा हामीलाई गाली गर्ने गरिएको छ ।”
त्यस्तै, भौतिक पूर्वाधारको विकासबिना आर्थिक समृद्धि नहुने मन्त्री श्रष्ठले बताए । अहिलेको सरकार जनताको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने भएकाले जसरी सहज रूपमा र छिटो तरिकाले काम हुन्छ, त्यसैलाई अवलम्बन गर्ने बताए ।
पहिलो प्राथमिकता सुशासन भएकाले त्यसैअनुसार सिस्टममा काम गर्ने उनले प्रतिबद्धता जनाए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस