समाज
ज्ञानेन्द्रले हाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन रोक्न रिट
- गाउँ सहर संवाददाता
- १९ माघ बिहीबार, २०७९ | १२:५६:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन् ।
निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ ।
रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस