वातावरण

पश्चिमी वायुको प्रभावसँगै मौसम पूर्वानुमान यस्ताे छ

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको तराईका भु-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत