राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गाउँ सहर संवाददाता
- १३ माघ शुक्रबार, २०७९ | १७:१२:०० मा प्रकाशित

काठमाडाैं । क्रिकेट एशोसिएन नेपाल (क्यान) ले त्रिदेशीय सिरिजका लागि राखिने खेलाडीहरूको सूची शुक्रबार सार्वजनिक गरेको छ ।
क्यानले शुक्रबार २८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गर्दा बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर दुई साताअघि रिहा भएका सन्दीप लामिछाने परेनन् ।
नाबालिग बलात्कारको आरोपपछि उच्च अदलत पाटनको आशेदमा जेलमुक्त भएका पूर्वकप्तान लामिछानेलाई क्यानले नबोलाएको हो । तर उनी यसअघि क्यानको प्रशिक्षणस्थलतमा पुगेर अभ्यास गरेका थिए ।
सन्दीपको बलात्कार प्रकरणमा उनको बचाउमा उत्रिएका अर्का क्रिकेटर देव खनाल पनि यो सूचीमा परेका छैनन् ।
नेपाल, नामिबिया र स्कटल्यान्डबीच आगामी फागुन २ गतेदेखि ९ गतेसम्म घरेलु मैदान कीर्तिपुरमा त्रिदेशीय सिरिज हुँदैछ ।
क्यानले नेपाल टी२० लिगमा स्पट फिक्सिङको आरोपसहित प्रहरी हिरासतमा रहेका मोहम्मद आदिल आलमलाई पनि टोलीमा राखेको छैन ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।
नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली -
कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच यस्तो सहमति : आजै बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
प्रतिकृया दिनुहोस