गाउँ सहर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने- राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन् ।

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए ।

‘राष्ट्रपतिका लागि समय बाँकी छ । हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौँ’ उनले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत