यती एयर विमान दुर्घटना : २ जनाको अवस्था अझै अज्ञात, सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै
- गाउँ सहर संवाददाता
- ३ माघ मंगलबार, २०७९ | ०८:२६:०० मा प्रकाशित

यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात छ ।
सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् ।
एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ ।
हिजो (सोमबार) ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।
दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ ।
दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकाेप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । हालसम्म ७० जनाको शव फेला परेको छ ।
आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई बुझाइनेछ ।
पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ । र, हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डीएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गरिनेछ ।
आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
प्रतिकृया दिनुहोस