पाेखरा विमान दुर्घटनामा ६८ जनाको शव फेला, ११ जनाको सनाखत
- गाउँ सहर संवाददाता
- १ माघ आइतबार, २०७९ | १७:२६:०० मा प्रकाशित

कास्की । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखत हुनेहरूमा पोखरा १७ का निशान्त आचार्य, पोखरा १७ की २३ वर्षीया संगीता शाही, पोखरा ४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा ४ का ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।
यस्तै, पोखरा १३ का सदाकत अलिमिया, पोखरा १९ की लक्ष्मी पौडेल, पोखरा २६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ ।
यसैगरी पर्वतको कुश्मा १ का १० महिनाका रियान पौडेल, कुश्मा ९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा ९ का अरूण पौडेलको पनि सनाखत भएको छ ।
यसैगरी एकजना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
प्रतिकृया दिनुहोस