लायन्स क्लव अफ झापा दमकद्वारा आत्महत्या रोकथाम तथा सचेतना अभियान र खाद्यन्न बितरण
- गाउँ सहर संवाददाता
- ३० पौष शनिबार, २०७९ | २२:०७:०० मा प्रकाशित

दमक, झापा । लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम घोषणा सहित बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । क्लवका लायन्स सप्ताह अन्र्तगत शुक्रबार दमकमा आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम शुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणा सहित सचेतना मूलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताएकाछन् । सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनिकरण गर्न अपनाउन सकिने सचेतताको बिषयमा स्टिकरहरु टाँस गरिएको छ ।
लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनिकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताए ।
यसैगरी शनिवार क्लवले झापाको कमल गाँउपालिका वडा नं. ६ का एक अति अशक्त अपाङ्ता भएका एक बृद्धको घरमा नै पुगेर कम्तिमा पनि ३ महिना पुग्नेगरी खाद्यन्न उपलब्ध गराएको छ । माघे संक्रान्तिको अघिल्लो दिन उक्त परिवारलाई क्लवले खाद्यन्न उपलब्ध गराएको हो । वडाध्यक्ष नरेन्द्र भट्टराइ पनि कार्यक्रममा सहभागि थिए ।
उक्त कार्यक्रममा लायन्सका लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका पुर्व गर्भनर रेवतबहादुर कार्की र फुलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो । उनिहरुले लायन्स क्लव झापा दमकले सप्ताह कार्यक्रम फरकफरक बहु उपयोगी तवरले गरेको भन्दै प्रशंशा पनि गरे ।
लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद पोखरेलका अनुसार लायन्स क्लवले अति विपन्न समुदायलाई खाद्यन्न उपलब्ध गराउने, उपचारमा सहयोग गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस