यस्ताे छ- पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्ण पाठ)
- गाउँ सहर संवाददाता
- ३० पौष शनिबार, २०७९ | ०८:०४:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले (आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको तथ्याङ्कमा आधारित) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेकाे छ । सार्वजनिक आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको उल्लेख छ ।
नेराबैंका अनुसार आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ ।
यस्तै संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख छ ।
यसरी नै साेहिनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस