प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु
- गाउँ सहर संवाददाता
- २६ पौष मंगलबार, २०७९ | १६:१०:०० मा प्रकाशित

काठमाण्डौ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुरू भएको छ ।
बैंकको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा आज विहान आयोजित एकीकृत कारोबार शुभारम्भ समारोहको प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय साँसद एवं प्रभु बैक लिमिटेडका पुर्व अध्यक्ष देवी प्रकाश भट्टचनज्यूले अत्याधुनिक प्रविधि मार्फत् समुदघाट्न गरेका हुन् ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा बैंकको तर्फबाट सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्वागत मन्तव्य दिए । शुभारम्भ समारोहमा आफ्नो मन्तव्य राखेर प्रभु बैंक लिमिटेडका प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अनगिन्ती सम्भावनाहरुलाई सार्थकता प्रदान गर्दै आज देखि फेरी अर्को एउटा सम्भावनाको सहयात्रीलाई आफुमा समाहित गरेका छौं, आज देखि हामी अझ बृहत र परिस्कृत स्वरुपमा यहाँहरुको उन्नती प्रगति, आरोह, आवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रण गर्दछौं, उज्जवल भविष्यका लागि यहाँहरुको आर्शिबादको सदैब अपेक्षा सहित सरल सबल र प्रविधिमैत्री बैंक बन्नका लागि प्रयासरत रहने प्रतिबद्धता गदै सम्भवानाको यात्रामा आजपर्यन्त सबै शुभेच्छुकहरुबाट प्राप्त सद्भाव सहृदयता र सत्प्रेरणाका लागि अनुगृहित रहेको जनाए ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा नेपाल बैंकर एशोसियशनका का.वा. अध्यक्ष सुनिल के.सी.ले दुवै बैंकले साहसिक निर्णय गर्दै छोटो समयमा प्राप्ति सम्बन्धी सम्पूर्ण कामकारवाही सौहार्दपूर्ण तवरले सम्पन्न गर्न सफल भएकोमा हार्दिक बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे ।
एकीकृत कारोबार शुभारम्भ समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय साँसद एवं प्रभु बैंक लिमिटेडका पुर्व अध्यक्ष देवी प्रकाश भट्टचनले देशको अर्थतन्त्र सहजीकरणतर्फ उन्मुख भैरहेको समयमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी शुभारम्भ गरेको एकीकृत कारोबारलाई राम्रो संकेतका रुपमा लिनु पर्दछ । दुईवटा बैंक एक हुनु भनेको पूँजी वृद्धि एवं बैंकको क्षमता वृद्धि हुनु हो, जनविश्वास नै बैंक तथा वित्तीय संस्थाको सम्पत्ति हो, जसलाई प्रभु बैंकले प्राप्त गर्न सकेको छ र बैंक तथा वित्तीय संस्थाको मर्जर/प्राप्तिको ईतिहासमा प्रभु बैंकले राम्रो योगदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै यस अवसरमा बैंकले अगाडि सारेको मान्यता समृद्धिको नयाँ आयाम अझ सुदृढ, अभै सबल भन्ने लक्ष्यलाई व्यवहारमा प्रदर्शन गर्दै प्रभु बैंक हरेक तबरबाट सबल, सफल, सक्षम प्रभु बैंक बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान दिँदै आगामी दिनमा सबल, सफल र सक्षम बैंक बन्ने प्रतिबद्धता व्यक्त गर्दै सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्रप्तिका क्रममा बैंकलाई विभिन्न कोणबाट साथ, सहयोग र सद्भाव उपलब्ध गराउनुहुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रभु बैंक लिमिटेडले सफल रुपमा सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् प्रभु बैंक लिमिटेडको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, कुल चुक्ता पूँजी रु. २३ अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा २ खर्ब ५३ अर्ब शाखा कार्यालयहरुको संख्या ३६५, एटिएम संख्या ३०९, विस्तारित शाखा कार्यालय ७२ र शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ३० लाख पुगेको छ । साथै, प्राप्ती पश्चात् प्रभु बैंकको सञ्चालक समितिमा प्रभु बैंक लि. तर्फबाट लिला प्रकाश सिटौला, रमेशसिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वर सापकोटा र साविक सेञ्चुरी कमर्सियल बैंक लि. का तर्फबाट मन बहादुर राई, प्रा.डा. गीता प्रधान र अभिसेक बज्राचार्य छन् । बैंकको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक
- कक्षा १२ मा कुन जीपीएमा कति विद्यार्थी भए उत्तीर्ण ? ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
- सामान्य अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार
- लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्ता छन् कार्यक्रम
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
- दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
- वैदेशिक रोजगारीमा गएका नेपालीहरूकाे मृत्यु संख्या अत्यासलाग्दाे
- भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट च्याम्पियन
प्रतिकृया दिनुहोस