राजनीति

प्रधानमन्त्रीद्वारा सचिवहरूसँग छलफल, भोलि निर्देशनात्मक सम्बोधन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आज नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयका सचिवहरूले गर्नु भएको मन्त्रालयगत रिपोर्ट सुनेका र भोलि निर्देशनात्मक सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

आजको बैठकमा सचिवहरूले मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा रिपोर्टिङ गरेका थिए । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत