खेलकुद महोत्सव औपचारिक समापन शुक्रबार
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | २१:१४:०० मा प्रकाशित
पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तरगत शुक्रबार विभिन्न खेलका फाइनल खेलहरु भएसंगै महोत्सव समापन हुने भएको छ । शुक्रबार विहानै देखि विभिन्न खेलहरुको फाइनल खेल सकिए लगत्तै दिउँसो करिब १ः०० बजे पछि औपचारिक रुपमा पोखरा रंगशालामा उक्त खेलकुद महोत्सव समापन हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीले इम्यानुएल स्कुललाई २–० को जित निकाल्दै फाइनलमा यात्रा तय गर्यो । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा लिटल फ्लावरले चिल्ड्रेनस एकेडेमी लाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल खेल शुक्रबार दिउसो हुने फुटवल खेल संयोजक राजु केसीले बताए । जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा कास्की मोडनाइज एकेडेमी र गोर्खा बोर्डिङ स्कुल बिच शुक्रबार विहान ११ः३० बजे माछापोखरी खेल मैदानमा फाइनल खेल हुने सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए । कास्की मोडनाइज एकेडेमीले नेश्नल क्रियसन स्कुललाई ३–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो । अर्को खेलमा भने गोर्खा बोर्डिङले यूनिर्भसलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगितामा छात्र सिनियर फुटवल तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस