खेलकुद महोत्सव औपचारिक समापन शुक्रबार
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | २१:१४:०० मा प्रकाशित

पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तरगत शुक्रबार विभिन्न खेलका फाइनल खेलहरु भएसंगै महोत्सव समापन हुने भएको छ । शुक्रबार विहानै देखि विभिन्न खेलहरुको फाइनल खेल सकिए लगत्तै दिउँसो करिब १ः०० बजे पछि औपचारिक रुपमा पोखरा रंगशालामा उक्त खेलकुद महोत्सव समापन हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीले इम्यानुएल स्कुललाई २–० को जित निकाल्दै फाइनलमा यात्रा तय गर्यो । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा लिटल फ्लावरले चिल्ड्रेनस एकेडेमी लाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल खेल शुक्रबार दिउसो हुने फुटवल खेल संयोजक राजु केसीले बताए । जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा कास्की मोडनाइज एकेडेमी र गोर्खा बोर्डिङ स्कुल बिच शुक्रबार विहान ११ः३० बजे माछापोखरी खेल मैदानमा फाइनल खेल हुने सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए । कास्की मोडनाइज एकेडेमीले नेश्नल क्रियसन स्कुललाई ३–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो । अर्को खेलमा भने गोर्खा बोर्डिङले यूनिर्भसलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगितामा छात्र सिनियर फुटवल तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस